+
+

देउवाको गुनासो : अन्तर्घातीलाई कारबाही गर्न पाइँदैन भन्छन्

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १८:००

२ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग नपाएको गुनासो गरेका छन् ।

चुनावमा कांग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको उनले सुनाए । ‘पार्टीमा घात अन्तर्घात पनि छ । खुट्टा तानातान पहिलेदेखि भएकै हो’,  कांग्रेसको नुवाकोट जिल्ला सम्मेलनमा देउवाले भने,‘पार्टीलाई सुधार्नु छ । अन्तर्घातीलाई कारबाही गरौ भन्दा कारबाही गर्न पाइदैन भन्छन् ।’

अहिलेको निर्वाचन प्रणालीका कारण एउटा मात्र पार्टीको बहुमत नआउने भन्दै देउवाले चुनावअघिको गठबन्धन बाध्यता भएको बताए ।

‘निर्वाचन प्रणाली नै त्यस्तै बनाइएको छ । अहिलेको संविधानको समावेशी समानुपातिक जुन किसिमको बाँडफाँड छ’, देउवाले भने, ‘सबैलाई प्रतिनिधित्व गराउने संविधान छ । तर, कुनै एक पार्टीको बहुमत हुनसक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?