+
+

रामकलेवा गरी सकियो विवाहपञ्चमी महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १९:४४

२ पुस, जनकपुरधाम । रामकलेवा गरी सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । राम र जानकीको विवाह पश्चात जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्टान भोजन गराई बिदाइ गर्ने परम्परा छ ।

आज पनि जानकी मन्दिर प्रांगणमा साधुसन्तलाई मिष्टान भोजन गराई दाणदक्षिणा दिएर ससम्मान बिदाइ गरिएको छ । यसलाई रामकलेवा भन्ने गरिन्छ ।

जानकी मन्दिरको प्रांगणमा हुने राम कलेवामा मिथिलाको पहिचान झल्किने सांस्कृति गीतनाद प्रस्तुत गरि हास्य व्यंग्य शैलीमा मनोरञ्जन प्रदान गरिएको छ । रामकलेवा हेर्नसमेत दर्शनार्थीहरुको घुइँचो लागेको थियो ।

यसअघि हिजो दिउँसो वैदिक परम्परा अनुसार स्वयम्बर तथा रातभर विवाहको काज चलेको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान राम र आदर्शनारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव मनाइन्छ ।

मंसिर २६ गते सुरु भएको सप्ताहव्यापी सीताराम विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोश्रोदिन फुलवारी लिला, तेश्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौदिन मटकोर, छैटो दिन विवाहपञ्चमी मनाइएको थियो ।

आज सातौं अतर्थात अन्तिम दिन आज रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?