+
+

नदी दोहन अभियोगमा १८ जनाविरुद्ध मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते २०:२०

४ पुस, जनकपुरधाम । सिरहाको डिभिजन वन कार्यालयले धनगढीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध नदी दोहनको आरोपमा मुद्दा दायर गरेको छ ।

कानुन विपरीत खोला ठेक्का लगाएर ढुङ्गा, गिटी, वालुवा उत्खन्न गरे/गराएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश महतो समेत १८ विरुद्ध मुद्दा दायर गरेको हो ।

धनगढीमाई नगरपालिका–१२ र १३ स्थित सर्रे खोला सामुदायिक वन क्षेत्र भित्रबाट विना इजाजत ढुङ्गा, गिटी, वालुवा उत्खनन गरिरहेको अवस्थामा गत १५ मंसिरमा जेसीबी र ७ वटा ट्याक्टरसहित केही व्यक्तिलाई वन कार्यालय र प्रहरी टोलीले पक्राउ गरेको थियो ।

पक्राउ परेका मञ्जित कुमार यादव, फुलकुमार यादव, सन्दीपकुमार यादव, रामकुमार यादब, अरविन्द किशोर यादव, इन्द्रजित महतो, रमन किशोर यादव, पुरुषेत्तम यादवविरुद्ध डिभिजन वन कार्यालयले मुद्दा दाय गरेको हो ।

त्यस्तै जेसीबी धनी बद्री यादव, ट्रयाक्टर धनीहरु अजित पासवान, रधुनाथ कुमार महतो, विमल अधिकारी, सरोज कुमार यादब, राकेश यादव, हरि नेपाली र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महतो, प्रशासन शाखाका सहायक रञ्जित कुमार सिंह र वरुण कन्सट्रक्न, धनगढीमाई नगरपालिकाकाका प्रोपाइटर निलम कुमारी यादवविरुद्ध पनि मुद्दा दायर गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए ।

उनीहरुविरुद्ध अवैध उत्खनन गरेको आरोपमा १ लाख ५७ हजार ८१५ रुपैयाँ बराबरको हानि नोक्सानी बिगो दाबी गरिएको छ । त्यस्तै वन ऐन, २०७६ को दफा ४९(झ) वमोजिम कसुरमा सोही ऐनको दफा ५०(६)(ड.) वमोजिम सजाय माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?