+
+

काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियसमा झर्यो, जाडो अझै बढ्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ७:२०
फाइल फोटो

५ पुस, काठमाडौं । काठमाडौंमा आज बिहान पौने ६ बजेसम्मको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । यो काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम हो ।

बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीले भने, ‘गएरातिदेखि अहिले बिहान ७ बजेसम्म पनि न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंको हकमा यो यस वर्षको अहिलेसम्मकै कम रेकर्ड हो ।’

काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको उनले बताए । ‘तापक्रम अझै घट्न सक्ने अनुमान छ । हाम्रो अर्को आधिकारिक रेकर्ड पौने ९ बजे सार्वजनिक हुन्छ,’ अधिकारीले भने ।

देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।

मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ । मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ ।

काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भिजिबिलिटी चार किलोमिटरसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?