+
+

काठमाडौंमा जाडो बढ्यो, न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते ९:०१
फाइल फोटो

२० पुस, काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो । पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस मापन भएको र यो यस सिजनको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भएको झाले बताए ।

न्यूनतम तापक्रम घटेकाले आज काठमाडौंमा अन्य दिनको तुलनामा जाडो पनि धेरै महसुस भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा तराई मधेशमा हुस्सु कुहिरो लागिरहेको छ ।

पश्चिमी वायुको प्रभावले केही बदली पनि भइरहेको छ । यसले कुहिरो हटाउन मद्दत गर्ने भए पनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् । ‘पश्चिमी वायुको प्रभावले बदली भइ कुहिरो हटाउन सहयोग गरेको छ तर आगामी एक हप्तासम्म नेपालमा वर्षाको सम्भावना छैन,’ मौसमविद विनोद पोखरेलले सामाजिक सन्जाल एक्समा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?