+
+

टि–ट्वान्टी प्रतियोगितामा पुलिसको पहिलो जित   

रासस रासस
२०८० पुष ७ गते १४:३८

७ पुस, वीरगञ्ज (पर्सा) । पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ ।

वीरगञ्जस्थित नारायणी रङ्गशालामा सञ्चालित सो प्रतियोगिताअन्तर्गत शनिबार बिहान भएको पहिलो खेलमा भारतको युपी ११ लाई ६ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको हो । यो जितसँगै पुलिसले दुई अङ्क बटुलेको हो  ।

टस जितेर पुलिसले पहिले फिल्डिङ राजेपछि ब्याटिङमा उत्रेको युपी ११ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८८ रनको योगफल जोडेको थियो । युपी ११ का लागि लिखिल प्रताफे २४, जयदीप सिंहले १७, सुभम चौधरीले १५, भीम शर्माले ११ तथा मन्थन प्रसादले १० रनको योगदान दिए । युपी ११ का तीन जना खेलाडी रन आउट भएका थिए ।

भारतको युपी ११ लाई मध्यम स्कोरमा रोक्न पुलिसका सागर ढकाल र रसिद खानले समान २/२ विकेट हात पारे ।  सो लक्ष्य पुलिसले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाएर भेटाएको छ ।

पुलिसका लागि शङ्कर राणाले अविजित ३१ रनको योगदान दिनुभयो भने कप्तान आसिफ शेखले २३ तथा दिलीप नाथले २१ रनको महत्वपूर्ण पारी खेले । पुलिसका सुनिल धमला–७ तथा अर्जुन साउद शून्य रनमा रनआउट भए  ।

भारतको युपी ११ का सहनसा अहमले २ विकेट लिए भने भीम शर्मा र असि अन्सारीले समान १/१ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच पुलिसका शङ्कर राणा घोषित भए ।

प्रतियोगिताअन्तर्गत शनिबार हुने दोस्रो खेलमा पर्सा ११ र भारतको भारतको वान्डर्स क्लबबीच हुने आयोजकले जनाएको छ ।

जीर्ण बन्दै गएको वीरगञ्जस्थित नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी ६ टिमको सहभागिता रहेको प्रतियोगिता म्यानेजर दाउद अन्सारीले जानकारी दिए ।

प्रतियोगिता यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?