+
+

एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई ओलीको जवाफ : व्यापारी चिन्नु र बेथिति गर्नु एउटै हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १४:१४

८ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेलको किन्ने व्यापारीसँग आफूले पनि चिनेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीले असान्दर्भिक कुराहरु गरेर ध्यान अर्कोतिर मोड्न खोजेको बताए ।

संसदको राज्य व्यवस्था समितिमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदहरुलाई राम्रोसँग चिन्ने बताएका थिए । आफू श्रीमतीको उपचारका लागि सिंगापुर जाँदा उनीहरु कहाँ बसेको भन्दै उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केपी ओली पनि त्यहाँ गएको बताएका थिए ।

त्यसतर्फ संकेत गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘तपाईँहरुको सरकारले यस्तो वेथिति गरेछ नि भन्दा त्यो बेथिति गर्‍यो भन्ने व्यापारीलाई केपी ओली पनि चिनेको छ नि भन्छन् ।’

उनले अघि भने, ‘केपी ओलीले नेपालका ब्यापारी किन चिन्दैन ? चिन्छ नि त । व्यापारी चिन्नु र वेथिति गर्नु एउटै कुरा हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?