+
+

निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १४:५२

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् ।

मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् ।

२८ मंसिरमा महोत्तरी जिल्ला अदालतले थमन बिक हत्याको मुद्दामा सफाइ दिएपछि सांसद कोइरीले आफ्नो निलम्बन फुकुवा गर्न र अहिलेसम्मको सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा पत्र लेखेका छन् ।

संघीय संसदका कार्यबाहक महासचिव पदमप्रसाद पाण्डेयले सांसद कोइरीको पत्र प्राप्त भएको पुष्टि गरे । ‘पत्र प्राप्त भएको छ, निर्णयको प्रक्रियामा छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?