+
+

लुम्बिनीका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १८:४७

८ पुस, बुटवल । लुम्बिनी प्रदेशका दुई नवनियुक्त मन्त्रीले आइतबार शपथ लिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार साँझ माओवादी केन्द्रकी कृष्णा केसी (नमूना) लाई ग्रामीण, खानेपानी तथा शहरी विकास मन्त्री र नेपाली कांग्रेसका सरोज थापालाई उद्योग  वाणिज्य तथा यातायात मन्त्री नियुक्त गरेका थिए । उनीहरुलाई प्रदेश प्रमुख प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् ।

यो सँगै लुम्बिनीमा मुख्यमन्त्री सहित मन्त्रीको संख्या ९ जना पुगेको छ । मुख्यमन्त्री चौधरीले आठ महिनापछि मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।

चौधरी वैशाख १४ गते आठ दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री चौधरीले अझै पनि एउटा मन्त्रालय आफूसँगै राखेका छन् ।

मुख्यमन्त्रीले पार्टीभित्रका समूह, भूगोल, सिनियारिटी र कार्यक्षमता नहेरी आफ्नो गुटका मान्छेलाई मन्त्री बनाएको भन्दै कांग्रेसको संस्थापन इतर समूह रुष्ट बनेको छ । शपथ ग्रहण समरोहमा पनि संस्थापन इतरका नेता कार्यकर्ताको उपस्थिति थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?