+
+

प्रधानमन्त्री कपमा कर्णालीको लगातार चौथो हार

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १३:२८

९ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा लुम्बिनी प्रदेशले कर्णालीलाई ३० रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि गौरी बोहराले सर्वाधिक २२ रन बनाइन् । २२ बल खेल्दा उनले २ चौका प्रहार गरिन् । त्यस्तै, ओपनर यमुना थारुले २१, रश्मी खड्काले ११ र अञ्जु गुरुङले अविजित १३ रन जोडे ।

लुम्बिनीका लागि भने सरस्वती पुन र कृतिका मरासिनीले समान २÷२ विकेट लिए । चमेली चौधरी र शर्मिला रोक्काले १÷१ विकेट लिए ।

लुम्बिनीका लागि सरस्वती जीएमले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेलिन् । उनले ६२ बलमा ७ चौका प्रहार गरेकी हुन् । आस्मा पुलामी मगरले २५ र चमेली चौधरीले १८ रन बनाइन् ।

कर्णालीका लागि बलिङमा यमुना थारु, रश्मी खड्का र तिर्सना विश्वकर्माले समान १/१ विकेट लिए ।

लुम्बिनीले चार खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेको छ भने कर्णालीले भने खेलेका सबै चार खेल हारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?