+
+

राजु मास्टरको सिरियल ‘सकस’ युट्युब ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १४:२४

काठमाडौं । राजु पौडेल ‘राजु मास्टर’को लेखन, निर्देशन र अभिनय रहेको टिभी सिरिज ‘सकस’लाई दर्शकले रुचाएका छन् । ६ भागसम्म प्रसारण भएको यो सिरिज केही दिनदेखि युट्युब ट्रेन्डिङमा छ ।

‘दर्शकको चाहना अनुसार बनाइएको सिरिज ट्रेन्डिङमा हुँदा खुसी छौं । यसले कन्टेन्टलाई गुणस्तरीय बनाउन हामीलाई हौसला मिलेको छ,’ राजु मास्टरले अनलाइनखबरसँग भने ।

समाजको कथा टिपेर बनाइएको यो सिरिजमा परिवारभित्रको संवेदना र प्रेम बुनिएको छ । ‘अझै पनि नेपालमा यस्ता गाउँ, समाज छन् जहा परिवारभित्रै विभिन्न कथा छन् । तिनै कथालाई हामीले पर्दामा उतार्ने कोसिस गरेका छौं,’ उनले भने, ‘अघिल्ला सिरिजलाई जस्तै सकसलाई पनि माया गरिदिनुहुन्छ भन्ने लागेको छ ।’

यो सिरिज हिमालय प्रिमियम टेलिभिजनमा शनिबार ७ बजे र मास्टर टिभी युट्युब च्यालनमा प्रसारण हुँदै आएको छ । सिरिजमा राजु मास्टरसहित लक्ष्मीनाथ तिमिल्सिना, तारा केसी, लोकेन्द्र लेखक, दीपक शर्मा, कमला रेग्मी, अशोक सिवाकोटी, विश्वदीप घिमिरे, अनिता बस्नेत, कृष्ण रेग्मी, सविना आचार्य लगायतको अभिनय छ ।

राजु मास्टरले खेलेका ‘मेरी बास्सै’, ‘हल्का रमाइलो’, ‘जुठे’ लगायतका सिरियलका पात्र हिट छन् । ‘मेरी बास्सै’मा उनले निर्वाह गरेको राजु मास्टर पात्र अझै लोकप्रिय छ । उनी अहिले ‘जुठे’ सिरियलमा आबद्ध छन् । उनी ‘जुठे’का लेखक तथा निर्देशक र कलाकार पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?