+
+

आईसीसीले दोहोरो मापदण्ड अपनाएको उस्मान ख्वाजाको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १६:५२

१० पुस, काठमाडौं । गाजाको समर्थनमा आफ्नै तरिकाले सन्देश दिन खोजिरहेका अष्ट्रेलियाका ओपनर उस्मान ख्वाजाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन् ।

उनले आज मंगलबारदेखि सुरु हुने पाकिस्तानसँगको टेष्ट क्रिकेटमा आफ्नो ब्याटमा परेवाको तस्वीर अंकित गर्न र ०१:यूडीएचआर लेख्न चाहेका थिए ।

परेवालाई शान्तिको प्रतिक मानिन्छ भने संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा १ ले ०१:यूडीएचआरलाई बुझाउँछ । यो धारा अनुसार सबै मानव जाति स्वतन्त्र जन्मेका हुन् र सबैको समान मर्यादा र अधिकार छ ।

तर आईसीसीले ख्वाजाको अनुरोध अस्वीकार गरेको छ । पहिलो टेस्टमा हातमा कालो पट्टी बाँधेर खेलेकोमा आईसीसीले उनीसँग स्पष्टिकरण सोधेको थियो ।

आईसीसीले आफ्नो प्रस्ताव अस्वीकार गरेपछि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै क्रिसमसको शुभकामना दिए।

त्यो भिडियोमा उनले विश्वका धेरै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीको ब्याटमा लेखिएका धार्मिक संकेत र सन्देशका तस्वीरहरू देखाएका छन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘सबैलाई क्रिसमसको शुभकामना, कहिलेकाहीँ तपाईले हाँस्नै पर्छ… #Inconsistent #DoubleStandards.’

उस्मान ख्वाजाले यसअघि पनि आफ्नो जुत्तामा प्यालेस्टिनी झण्डाको रंगमा ‘स्वतन्त्रता मानव अधिकार हो’ र ‘सबैका लागि जीवन समान’ लेखेर गाजालाई समर्थन गर्न चाहेका थिए तर आईसीसीले उनको प्रयासलाई पनि विफल पारेको थियो ।

आईसीसीको आचार संहिताले कुनै पनि खेलाडीले पूर्व अनुमति बिना हातब्यान्ड वा कपडा वा अन्य सामग्रीहरूमा विशेष गरी ‘राजनीतिक, धार्मिक वा जातीय’ मुद्दाहरूमा सन्देशहरू प्रदर्शन गर्न वा लगाउन पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?