+
+

देशवासीलाई प्रधानमन्त्रीको प्रश्न : के देशमा साँच्चै केही नभएकै हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १७:१३

१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाजमा अहिले हीनताबाेध र नकारात्मकताको डढेलो लगाइएको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गरेका उनले सकिंदैन, हुँदैन भन्ने नकारात्मकताले समाजको सिर्जनात्मकता नै मरेको बताए ।

एकथरीले नियोजित रुपमै यो मानसिकतालाई मलजल गरेको भन्दै उनले भने, ‘यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण सम्भावनाहीन बन्दै गएको हो त ?’

नकारात्मक र हीन भावनाले सम्भव कामलाई पनि असम्भव बनाएको प्रधानमन्त्री प्रचण्डले बताए । लोडसेडिङ अन्त्य गर्नुका साथै एक वर्षमा १५ अर्बभन्दा बढीको विद्युत व्यापार गरेको र एक वर्षमा ५०० मेगावाट भन्दा बढी विद्युत थप भएको भन्दै उनले भने, ‘८० वर्षमा नभएको काम एक वर्षमा भएको छ ।’

भारत भ्रमणमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सहमति भएको भन्दै उनले यो ऐतिहासिक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?