+
+

चालु खाता बचतमा रहनु र मूल्य वृद्धि नियन्त्रण गन्न सक्ने उपलब्धि हो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १७:५०

१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कयौं वर्षपछि चालु खाता बचतमा जानु सरकारको गन्न सकिने उपलब्धि भएको बताएका छन् ।

वर्तमान सरकारको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नामममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भुक्तानी सन्तुलन करिब १५० अर्बले सकारात्मक रहनु र विगत कयौं वर्षदेखि घाटामा रहेको चालु खाता समेत बचतमा रहनु सरकारको गन्न सकिने उपलब्धि भएको बताए ।

उनले उपभोक्ता मूल्य वृद्धिदर नियन्त्रणमा सरकार सफल भएको दाबी गरे । असोजसमम साढे ७ प्रतिशतले रहेको मुद्रास्फीति कात्तिकमा २ प्रतिशत विन्दुले कमी भई साढे ५ प्रतिशत भन्दा तल झरेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको थियो । सोही तथ्यांकको आधारमा उनले उपभोक्ता मूल्य वृद्धिदर २.७ प्रतिशत विन्दुले कम भएको बताए । जसलाई उनले सकारको उल्लेख्य उपलब्धि भएको समेत बताए ।

‘मूल्य वृद्धि नियन्त्रणमा यो ठूलो उपलब्धि हो । अब, आम जनताले महसुस गर्नेगरी सरकारी नीति र प्रशासनिक सुधार प्राथमिकतामा छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?