+
+

हिमालयन रिको आईपीओ बाँडफाँट : ३० कित्तासम्म मागेजतिले पाए

कसरी हेर्ने आईपीओको नतिजा ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते १०:४९

सर्वसाधारणका लागि जारी भएको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ ।

बिक्री प्रवन्धक एनएमबी क्यापिटलले एक कार्यक्रम आयोजना गरी बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो । आवेदन स्वीकृत भएका सबैले हिमालयन रिइन्स्योरेन्सको आईपीओ पाएका छन् । ३० कित्तासम्म माग गर्नेले माग गरेजति नै पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

१० कित्ताका लागि आवेदन दिनेले १० कित्ता नै पाएका छन्, २० कित्ताका लागि आवेदन दिनेले २० कित्ता नै पाएका छन् भने ३० कित्ताका लागि आवेदन दिनेले ३० कित्ता नै पाएका छन् । ४० वा सोभन्दा बढी माग गरेहरुमध्ये २९ हजार २१ जनाले ४० कित्ताका दरले पाएका छन् भने बाँकीले ३० कित्ताका दरले पाएका छन् ।

आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएकोमा ८ हजार ६५५ वटा आवेदन रद्द भएको थियो । १५ लाख ६४ हजार ५६४ जनाको आवेदन स्वीकृति भएको थियो । आवेदन स्वीकृत भएका यी सबैले सेयर पाएका हुन् ।

कम्पनीले कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन खुलाएको थियो । यसको नतिजा केही बेरपछि मेरो सेयरको आईपीओ रिजल्ट डट् सीडीएससी डट् कम डट् एनपीबाट हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?