+
+

रोयल इन्फिल्डको मिटिओर ३५० सीसीका नयाँ तीन भेरियन्ट सार्वजनिक, कति पर्छ मूल्य ?

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १४:२०

काठमाडौं । रोयल इन्फिल्ड मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक भएको छ ।

नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नक्सालस्थित रोयल इन्फिल्ड शोरुममा नयाँ भेरियन्टका मोटरसाइकल सार्वजनिक गरेको हो ।

त्रिवेणी ग्रुपका निर्देशक सुवासचन्द्र संघाइ र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक सुक्ला द्वारा मिटिओर फायर बल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेका हुन् ।

कम्पनीका अनुसार मिटिओर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, इलेक्ट्रोनिक फ्यूल इन्जेक्सन रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ भने यस्मा डुअल डिस्कब्रेक दिएको छ l

कम्पनीका अनुसार यी सबै मोटरसाइकलहरुमा १५ लिटरको फ्युल ट्यांक क्षमतारहेको छ भने प्रति लिटर औषत ४० किमि माइलेज दिने छ l इजी क्रुजिइग डिजाइनमा रहेको यी मोटरसाइकलमा १४०० एमएम व्हीलबेस, ७६५ एमएम सिटको उचाइ, ट्विन डाउनटुव स्पाइन फ्रेम, आगाडि चौडा टुबलेस टायर, पछाडि चौडा टुबलेस टायर जस्ता फिचरहरू रहेका छन् ।

मिटिओर फायरबल ३५० सीसी पहेंलो, रातो, निलो र म्याट हरियो रंगमा उपलब्ध छन् । त्यस्तै मिटिओर स्टेलर ३५० सीसी कालो, निलो र रातो रंगमा उपलब्ध छन् भने मिटिओर सुपरनोभा ३५० सीसी खैरो, निलो र रातो रंगमा रोयल इन्फिल्डका १८ बाटै शोरुममा उपलब्ध छन् l

कति पर्छ मूल्य ?

कम्पनीले मिटिओर फायरबल ३५० सीसीको मूल्य पाँच लाख ५० हजार रुपैयाँ, मिटिओर स्टेलर ३५० सीसीको मूल्य ५ लाख ५५ हजार रुपैयाँ र मिटिओर सुपरनोभा ३५० सीसीको मूल्य ५ लाख ६५ हजार रूपैयाँ तोकेको छ । सबै भेरियन्टको बुकिङ समेत खुलिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?