+
+

रोयल इन्फिल्डले ‘रोयल इन्फ़िल्ड पोकर रन नेपाल’ आयोजना गर्दै, १५० जना राइडर सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २८ गते १३:०७

काठमाडौं । रोयल इन्फ़िल्डले नयाँ वर्ष २०८१ सालको पूर्वसन्ध्यामा ‘रोयल इन्फ़िल्ड पोकर रन नेपाल’ कार्यक्रम आयोजना गर्ने भएको वछ । कम्पनीले हरेक वर्ष ३० चैतमा यो कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

१४ औ संस्करणको यो कार्यक्रमलाई कम्पनीले नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एउटा महान उत्सवको रुपमा मनाउन आयोजना गर्दै आइरहेको छ ।

काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको प्रांगण सुरु भएर विभिन्न किसिमको रंग, बनावट र सजावटले सुसज्जित आआफ्नो मोटरसाइकल चढेर करिब २०० किलोमिटरको दुरी पारगर्दै सोही दिन बेलुकी पोखरा पुग्ने कम्पनीले जनाएको वछ ।

होटल ल्यान्डमार्क लेकसाइड पोखरामा बासको व्यवस्थाको साथै मनोरञ्ज लगायतका कार्यक्रम आयोजना हुने कम्पनीले जनाएको छ । यस कार्यक्रममा रोयल इन्फ़िल्ड कम्पनीका सबै मोटरसाइकल धनीले भाग लिन पाउछन ।

कम्पनीका अनुसार यस कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससँग  सम्बन्धित एक किसिमको खेललाई बुझाउँछ । पोकर खेलमा पाँच पत्ती तास हातमा लिएर अनेकौ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकएक पत्ति तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ती तास  मिलाउँदा जसको दाउ सबै भन्दा ठूलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता बन्ने छन् ।

कार्यक्रमकै अंश  अनुरुप ३० चैतमा लाइभ कन्सर्ट, डिजे सेसन लगायतका कार्यक्रम आयोजना हुनेछन् ।

कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रिया लगायत विभिन्न देशका १५० जना मोटरसाइकल यात्री सहभागी हुनेछन् ।

कार्यक्रमको परिकल्पना स्याक्रेड सम्मिट्स प्रालिका सीईओ रवि थापाले गरेका हुन् । रवि थापा र उनको कम्पनी स्याक्रेड सम्मिट्स प्रालिलाई यो एउटा कार्यक्रम मात्रै नभई सम्पूर्ण हिमालयक्षेत्र (नेपाल, भारत, चीनको तिब्बत, भुटान) मोटरसाइकल टुरिजमको जन्मदाता नै मानिन्छ ।

पोकर रन नेपाल एउटा राइडिङ इभेन्ट मात्रै नभई जीवनमा एक पटक अनुभव गर्नै पर्ने कार्यक्रम मध्यको एक नम्बरमा पर्ने कम्पनीको दाबी छ ।

कार्यक्रमको मुख्य उदेश्य भनेको नै मोटरसाइकल यात्रा मार्फत भातृत्वको विकाश गर्नु हो । त्यसैले त यसको मुख्य नारा नै ‘भातृत्व बन्धनको धड्कन (द थम्प दयाट बाइण्ड्स) रहेको छ ।

यसको अर्को रमाइलो पक्ष भनेको सहभागीलाई प्रदान गरिने विभिन्न किसिमका पुरस्कारहरू रहेका छन् ।

बेस्ट पोकर हात, बेस्ट इन्फ़िल्ड अवार्ड, सपोर्टिङ्ग वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लामो दुरी राइडर, हार्ड लक अवार्ड (यात्रा अवधिभर जसको मोटरसाइकलले सबै भन्दा धेरै दु:ख दियो) लगायतका पुरस्कार छन् ।

कार्यक्रमलाई अल्फा अटोमोटिभ प्रालिले मुख्य प्रायोजन गरेको छ भने नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन बोर्ड पोखरा र पोखरा पर्यटन परिषद्स, रेड बुल, डाबर नेपाल रियल जुस, कaच राइडिङ गियरले सहप्रायोजन गरेका छन् ।

१ वैशाखमा पोखराको संघ अन्नपूर्ण बाल गृहमा विभिन्न सैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?