+
+

विराटनगरमा एभरेष्ट बैंकको एटीएम फोडियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते ११:५६

१३ पुस, विराटनगर । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्‍यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।

मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास भएको बताए । ‘चोरी गर्ने उदेश्यले मेसिनको कभर फुटाएको देखिन्छ,’उनले भने,‘घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।’

मध्यरातमा लाठी जस्तो देखिने वस्तुको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको उनले बताए ।

गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।

प्रहरीले मेसिन फुटाउँदै गर्दा विराटनगर-११ घर भई वडानम्बर-९ गुद्री बजारमा डेरा गरी बस्ने ३०वर्षीय मुकेशकुमार कामतलाई पक्राउ गरेको थियो ।

कामतले चाबी र सानो फलामको चक्कुले एटीएम मेसिन खोल्ने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?