+
+

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दोस्रो दिन गए खाँण

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:२५

१३ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री नेता बालकृष्ण खाँण पार्टीको जारी केन्द्रीय समितिको बैठकमा दोस्रो दिन सहभागी भएका छन् ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनी पहिलो दिन भने उपस्थित भएनन् ।

गत वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरण प्रक्राउन परेका खाँण ७ महिना पछि रिहा भएका थिए । खाँण पुर्पक्षका लागि थुनामा रहँदा यस विचमा कांग्रेसका दुई केन्द्रीय समिति बैठक बसेको थियो ।

पुर्पक्षका लागि खाँण थुनामा रहेपछि उनले पार्टीबाट निलम्बन गर्नुपर्ने र गर्नहुन्न् भन्ने दुई धार देखिएको थियो । संस्थापन पक्षका नेताहरु खाँणलाई निलम्बन गर्न नहुने तर्क राख्दै आएका थिए । पार्टीले खाँणलाई निलम्बन गरेन ।

खाँण मंसिर २९ मा रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?