+
+

मन्त्रीको गाडीमा आगो लगाइँदा बालकुमारीमा थिएन प्रहरीको उपस्थिति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:४९

१३ पुस, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भइरहँदा सुरक्षा संयन्त्र बेखबर रहेको पाइएको छ ।

ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अबरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक प्रहरी कार्यालयको उपस्थिति नदेखिएको हो ।

संघीय मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका छन् ।

अहिले प्रहरी टोली त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआईजी पोषराज पोखरेलले पनि आफ्नो टोली त्यहाँ पुगिनसकेको बताए ।

अहिले ललितपुरमा प्रदर्शनकारीले सडक अबरुद्ध पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?