+
+
बालकुमारी तनाव :

मन्त्री प्रकाश ज्वालालाई ओराले, अनि गाडीमा आगो लगाए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १२:५४

१३ पुस, काठमाडौं । बालकुमारी क्षेत्रमा आगजनी भएको गाडी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरे । ‘सुरक्षाकर्मीहरुलाई ढुंगा हानेर लखेटे, अनि गाडीमा आगजनी गरे’ मन्त्री ज्वालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?