+
+

बालकुमारी झडपमा ज्यान गुमाएका सुजन : छातीमा भेटियो निलडाम, लागेको छैन गोली

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० पुष १३ गते १५:२७

१३ पुस, काठमाडौं । बालकुमारी झडपमा मृत्यु भएका सुजन रावतलाई प्रहरीको गोली नलागेको पाइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो ।

त्यही क्रममा एक युवक बालकुमारी क्षेत्रमा अचेत भेटिए । तत्काल किस्ट अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भयो । प्रहरीले गोली लागेर एक युवकको मृत्यु भएको बतायो ।

तर मृतक सुजन रावतलाई गोली नलागेको पाइएको छ । अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार रावतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । ‘मेडिकल टिमले सीपीआर गर्यो, सफल नभएपछि १ः१७ मा मृतघोषणा गरिएको छ’ पाठकले भने, ‘छातीमा नीलो रंगको डाम छ ।’

मृत्युको कारण के हो भन्ने प्रश्नमा उनले अटोप्सी नगरी केही भन्न नसक्ने बताए । यद्यपि अस्पतालमा ल्याउँदा अचेत रहेको र छातीमा डाम पहिचान गरेको उनले बताए ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?