+
+

बालकुमारी घटनाबारे छानबिन गर्न गृहले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १५:५७

१३ पुस, काठमाडौं । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?