+
+

बालकुमारीको झडपमा २ जना मारिएको विरोधमा अनेरास्ववियुको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १७:३७

१३ पुस, काठमाडौं । दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपामा २ जना युवा मारिएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

आज शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको झडपमा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको थियो । त्यो घटनामा सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको आरोप लगाउँदै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा सरकारका मन्त्री सवार गाडिमा आगजनी भएको निहुँमा बेरोजगारीको पीडाले छट्पटिएर सडकमा आएका युवाहरु माथि प्रहरीले दमन गर्दा उनीहरु मारिएको अनेरास्ववियुको आरोप छ ।

अनेरास्ववियुले आम बेरोजगार युवाहरुको पीडाको रुपमा बुझी आन्दोलनका मागहरु पूरा गर्न, पक्राउ परेका युवाहरुको विना सर्त तत्काल रिहा गर्न, मृत्यु भएका युवाको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेहरुको उपचारको व्यवस्था गर्न माग गरेको छ ।

हेर्नुहोस् प्रदर्शनका तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?