+
+

बूढानीलकण्ठ–१० मा फुटपाथमा व्यवसाय गर्न प्रतिबन्ध

फुटपाथ व्यवसायीका लागि तोकियो छुट्टै स्थान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १३:०५

१३ पुस, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको १० नम्बर वडाले फुटपाथ तथा साना सडक व्यवसायीलाई विकल्प दिएर सडक तथा पैदलमार्गमा व्यवसाय गर्न निषेध गरेको छ ।

शुक्रबार वडा कार्यालयले एक निर्णय गर्दै मिलन चोक, निलो पुल रुद्रमति चोक, बालुवाखानी लगायत अन्य क्षेत्रमा सडक ढाकेर फुटपाथ व्यवसाय गर्न निषेध गरेको हो ।

वडाध्यक्ष नवराज भट्टराईका अनुसार काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसयमा पूर्ण निषेध गरेपछि कपन, बालुवाखानी धोबीखोला करिडोर लगायत क्षेत्रमा फुटपाथ व्यवसायीको चाप बढेको हो ।

‘पहिले अलिअलि हुने गरेका थिए तर अहिले सवारी साधन तथा पैदलयात्रुलाई हिंड्नै सास्ती हुनेगरी फुटपाथ व्यवसाय हुन थालेपछि हामीले विकल्प दिएर निषेध गरेका हौं,’ वडाध्यक्ष भट्टराईले भने ।

वडा कार्यालयले जारी गरेको सूचना अनुसार अहिले कपन क्षेत्रमा फुटपाथ व्यवसाय गरिरहेका गरिआउनु भएको सबैलाई बाल उद्धार स्कुलसँगैको चौरमा अस्थायी रुपमा व्यवसाय गर्न व्यवस्था गरिएको छ ।

‘हामीले स्कुल छेउमा रहेको एक निजी जग्गामा अस्थायी रुपमा व्यवस्थापन गरेका छौं । अहिलेलाई नगरपालिकालाई उहाँले निःशुल्क उपलब्ध गराउनु भएको हो । नगरपालिकाले आवश्यकताको आधारमा भाडा दिएर भएपनि व्यवस्थापन गछौं,’ अनलाइनखबरसँग भट्टराईले भने ।

उनले विकल्प दिँदा पनि फुटपाथ व्यवसायीले नमाने बल प्रयोग गरेर हटाउने भन्दै एक हप्तामा कार्यान्वयन आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?