+
+

म्यान सिटी र एस्टन भिल्ला विजयी हुँदा प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते ९:०९

१५ पुस, काठमाडौं । यस सिजन प्रिमियर लिगको उपाधि दौड सुरुदेखि नै रोमाञ्चक बनिरहेको छ । पछिल्लो खेलमा साविक विजेता म्यान सिटी र एस्टन भिल्लाको जितपछि यो होड अझ रोमाञ्चक बनेको छ ।

सिटीले शेफिल्ड युनाइटेडलाई २-० ले हराएर तेस्रो स्थानमा उक्लेको छ । यस्तै बर्नलीलाई ३-२ ले पराजित गर्दै एस्टन भिल्ला दोस्रो स्थानमा उक्लेको छ । सिटीलाई जित दिलाउन रोड्री र जुलियन अल्भारेजले एक/एक गोल गरे ।

भिल्लाको लिग लिडर लिभरपुल समान ४२ अंक भएको छ ।  लिभरपुलले १९ खेल र भिल्लाले २० खेल खेलेका छन् ।

उता समान १९ खेल खेलेको सिटी र आर्सनलको समान ४० अंक छ । तर गोलअन्तरमा सिटी अघि छ ।

म्यानचेष्टर युनाइटेडको भने खराब प्रदर्शन जारी रहँदा २९ वर्षमा पहिलो पटक नटिङहम फरेस्टसँग पराजित भएको छ ।

निकोलस डोन्गेजको गोलमा फरेस्टले पहिले अग्रता लिए पनि मार्कुस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल गरेका थिए । तर मोर्गान गिब्स ह्वाइटले ८२औं मिनेटमा निर्णायक गोल गर्दै फरेस्टलाई ऐतिहासिक जित दिलाए ।

हारपछि युनाइटेड २० खेलबाट ३१ अंकसहित सातौं स्थानमै छ । २० खेलबाट २० अंक जोडेर फरेस्ट १५औं स्थानमा उक्लेको छ ।

अर्को खेलमा चेल्सीले लुटोन टाउनलाई ३-२ ले पराजित गरेको छ । चेल्सी २० खेलबाट २८ अंकसहित दशौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?