+
+

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १५ गते १४:१५

काठमाडौं । सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंको हायात होटलमा विशेष कार्यक्रमको आयोजना गरी २४८ जना विद्यार्थीलाई दीक्षित गरेको हो ।

सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आईटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ ।

कलेजले सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो ।

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले सबै दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि शुभकामना दिंदै यस आईटीको युगमा विद्यार्थीहरुका लागि यो क्षेत्रमा अवसर नै अवसर रहेको बताएका छन् ।

सफ्टवारिका कलेजले आईटी क्षेत्रमा विभिन्न सरकारी र निजी स्तरीय कार्यक्रम आयोजना गर्दै आएको छ र आईटीसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुले पनि यस्ता प्रतियोगिताहरुमा संलग्न हुन सके उनीहरुको भविष्य अझ राम्रो हुने उनको भनाइ थियो ।

काम गरेर नै धेरै कुरा सिकिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दीक्षित सम्पूर्ण विद्यार्थीलाई आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै काम पाए पनि त्यसमा आबद्ध हुन आग्रह गरेका छन् ।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागि बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेको कलेज प्रमुख पौडेलले बताए ।

दीक्षान्त समारोहमा विद्यार्थीसँगै अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?