+
+

सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्वेरिका-२०२४’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २ गते १८:४१

काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेडएक्स सफ्टवेरिका–२०२४’ कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्डको हलमा २७ पुसमा सम्पन्न भएको कार्यक्रमको मुख्य नारा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने रहेको थियो ।

कार्यक्रममा सपना देख्ने र सपना पूरा गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरूले आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा हाइभलयकी सह–संस्थापक प्रणयना केसीले महिला नेतृत्व, समानताको महत्व र वित्तीय क्षेत्रमा महिलाको भूमिकाबारे जानकारी गराएकी थिइन् ।

नेपाल टी कलेक्टिभका सह–संस्थापक अमिगो खड्काले केही फरक गर्ने सपना लिएर नेपाल फर्केको आफ्नो प्रेरणादायी यात्रा सुनाएका थिए ।

नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा रिपोर्टर क्लब तथा प्राइम टेलिभिजनका संस्थापक ऋषि धमला विद्यार्थीहरूलाई विभिन्न कार्यशालामा सहभागी हुन प्रेरित गरेका थिए ।

कार्यक्रममा कोक्रोमाकी संस्थापक तथा सामाजिक अभियन्ता रेवती गुरुङले भूकम्प पीडितहरूलाई सहयोग गरेको तथा महिला सशक्तीकरणबारे हृदयस्पर्शी कथा सुनाएकी थिइन् ।

खल्ती डिजिटल वालेटका प्रमुख विनय खड्काले सबैलाई आफूमा विश्वास गर्न, विगतबाट पाठ सिक्न, वर्तमानमा आनन्द लिन र भविष्यका लागि तयार रहन प्रोत्साहन गरेका थिए ।

ठमेल डटकमका सह–संस्थापक बालकृष्ण जोशीले विश्वव्यापीकरणबारे कुरा गर्दै नेपालमा काम गरेर विश्वभर पैसा कमाउने बारे सुनाएका थिए ।

कलेजका प्रमुख प्रमोद पौडेलले कार्यक्रमबाट विचारहरूको आदानप्रदान गर्ने र सम्बन्ध बनाउने एउटा प्लेटफर्म भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?