+
+

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते ९:४६

१७ पुस, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । ७७ वर्षीय वैद्यको श्वासप्रश्वासमा समस्या भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

चिकित्सकहरुले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कार्यालय सदस्य इन्द्रमोहन सिग्देलले जानकारी दिए । उनको स्वास्थ्यमा सुधार हुँदै गएको पनि उनले बताए ।

‘अस्पताल बसेको तीन रात भइसक्यो । स्वास्थ्यमा सुधार हुँदै गएको छ,’ सिग्देलले अनलाइनखबरसँग भने, ‘सम्भवतः आज वा भोलि डिस्चार्ज हुनुहुन्छ होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?