+
+

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १०:२२

१७ पुस, काठमाडौं । पछिबाट सञ्चालनमा आएको बीमा कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको सोमबार साँझको बैठकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो ।

१८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिइने कम्पनीले जनाएको छ । त्यस्तै सो बोनस सेयरमा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतका दरले नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्तालाई कुल ५.२६३२ प्रतिशत लाभांश कम्पनीले दिन लागेको हो । यसै वर्ष आईपीओ जारी गरेको ‍कम्पनीले पहिलो पटक सेयरधनीका लागि लाभांश घोषणा गरेको हो । हाल कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?