+
+

रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १५:२१

१७ पुस, काठमाडौं । रुसी सेनामा भर्ना भएका  थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको बताए ।

मृत्यु हुने स्याङ्जाका हरिप्रसाद अर्याल,धार्दिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाहको रहेका छन् ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

मृतको नाम ठेगाना केही बेरमा सार्वजनकि गर्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?