+
+

अमेरिकामा खेलाडी सञ्जीत सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते १७:२२

१७ पुस, काठमाडौं । उमा कुङ्फुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी सञ्जीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित भएका छन् ।

किरात राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किरात राई समुदायको प्रतिष्ठा अभिवृद्धि गरेवापत पारुहाङ साँझ– २ को अवसरमा संजीतलाई सम्मान गरेको हो ।

सिटी अफ अर्भिङका डेपुटी मेयर डेनिस वेव, किरात राई समाज, अमेरिकाका अध्यक्ष खगेन्द्र राई र किरात राई समाज, अमेरिका (टेक्सास च्याप्टर) का अध्यक्ष दिलिप राईले सञ्जीतलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

राष्ट्रिय उमा कुङफु प्रतियोगितामा आफ्नो तौलसमूहका दुईपटकका राष्ट्रिय च्याम्पियन सञ्जीत स्लोभेनियामा भएको डब्लुएमएसी उमा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका सञ्जीत अमेरिकामा हुने ब्याटल अफ द ड्रागन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न र निर्णायकको भूमिका निर्वाह गर्न हाल अमेरिकामा छन् ।

सम्मानित भएपछि सञ्जीतले सम्मानले खेलकुदमा अझ सक्रिय भएर अगाडि बढ्न प्रेरित गरेको बताउदै सम्मानका लागि किरात राई समाज, अमेरिकालाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?