+
+

बुढानीलकण्ठमा चार्जिङमा राखेको गाडीमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १७ गते २१:१९

१७ पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा आगलागी भएको छ । गत ९ पुसमा सुदीप लामिछानेको एमजी गाडीमा रातको १ बजे आगलागी भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले पुष्टि गरेको छ ।

चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेर आगो निभाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘हामी पुग्दा विद्युतीय सवारीको चारवटै टायर बलिसकेको थियो । आगलागी नियन्त्रण भए पनि सवारी साधन पूर्ण क्षति भएको देखिन्छ,’ उनले भने ।

कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको प्रहरीले बताएको छ ।

सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए । तर, यस विषयमा आफूले थप नबोल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?