+
+

राखेपले माग्यो मन्त्री क्वार्टर, खेलाडी आवास बनाउन प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १३:१७

१९ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले पुल्चोकको हरिहर भवनमा रहेको मन्त्री क्वार्टरलाई खेलाडी आवासका लागि प्रयोग गर्न प्रस्ताव गरेको छ ।

राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा बसेको बैठकले खेलाडीको प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित अहिलेको मन्त्री निवासलाई खेलाडी आवासमा रुपान्तरण गर्ने प्रस्ताव गरेको हो ।

मन्त्रीहरुका लागि ललितपुरकै भैंसेपाटीमा सुविधा सम्पन्न आवास निर्माण भइरहेको छ । त्यो निर्माण पूरा भएपछि मन्त्रीहरु भैंसेपाटीको आवासमा बस्ने भएकाले हरिहर भवनको आवास खाली हुने छ ।

त्यो खाली हुने निवासलाई खेलाडी आवासका लागि प्रयोग गर्नका लागि मन्त्रालयमा प्रस्ताव गरेको राखेपले जनाएको छ । पुल्चोकको मन्त्री निवासमा १७ वटा भवन छन् ।

सरकारले भने यसअघि नै पुल्चोकको मन्त्री निवास न्यायाधीस निवास बनाउने निर्णय गरिसकेको छ । गत साउनमै तत्कालीन प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले मन्त्रिपरिषदबाट भएको यससम्बन्धी निर्णयको पत्र आफूहरुले पाएको भन्दै अब सर्वोच्च अदालतका न्यायाधीशहरुले सामूहिक आवास पाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?