+
+

कांग्रेस सांसद दीपक खड्काले जग्गा हडपेको भन्दै राज्य व्यवस्था समितिमा पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १६:०६

१९ पुस, काठमाडौं । नेपाल स्काउटले कांग्रेसका सांसद दीपक खड्काले नेपाल स्काउटको स्वामित्वमा रहेको जग्गा जमिन हडपेको भन्दै त्यो खाली गराउन र ५ करोड ४१ लाख रुपैयाँ भाडा उठाइदिन भन्दै राज्य व्यवस्था तथा सुशासन समितिसँग सहयोग मागेको छ ।

११ पुसमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई स्काउटका प्रशासकीय अधिकृत सन्तोष चौहानले पत्र लेखेर सहयोग मागेका हुन् ।

घरबहाल बापत खड्काले भवन र जग्गा प्रयोग वापतको तिर्नुपर्ने ५ करोड ४१ लाख ७० हजार ३१४ रुपैयाँ उठाइदिन स्काउटले राज्य व्यवस्था तथा सुशासनसँग आग्रह गरेको छ ।

नेपाल स्काउट र खड्काले सञ्चालन गेको लैण्ड डेभलपेन्ट प्रालिका बीचमा २०६५ सालमा १० वर्षका लागि जग्गा भाडामा दिने सहमति भएको थियो । २०७५ सालमा सम्झौता सकिए पनि फर्जी कागजात बनाएर खड्काले थप पाँच वर्ष सम्झौताको म्याद बढाएको स्काउटको आरोप छ ।

उच्च अदालत पाटनले दिएको आदेशलाई खड्का स्वामित्वको कम्पनीले पालना नगरेको राज्यव्यवस्था समितिलाई लेखिएको पत्रमा उल्लेख छ । स्थान खालि गराउन सहयोग गर्नुपर्ने अधिकार प्राप्त निकायहरुबाट पत्राचार गरिएको लगभग एक वर्ष पुग्दासम्म पनि कुनै प्रभावकारी भूमिका निर्वाह भएको स्काउटले पत्रमा लेखेको छ ।

स्काउको स्वामित्वमा रहेको लैनचौरको जग्गामा खड्काले व्यापार व्यवसाय गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?