+
+

लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोडिदिन निजी क्षेत्रको माग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १९ गते १७:१४

१९ पुस, काठमाडौं । लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुलको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटेको प्रति मोरङका निजी क्षेत्रले एक स्वरमा विरोध जनाएका छन् ।

उद्योगहरुमा विद्युत् काट्दा उत्पादन ठप्प भएको र त्यसले रोजगारी, राजस्व तथा बैंक ब्याज भुक्तानी, बजार श्रृङ्‍खला लगायतको क्षेत्रमा नकारात्मक प्रभाव पर्ने निजी क्षेत्रको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले संयुक्त विज्ञप्ति निकाल्दै विरोध जनाएका हुन् ।

विद्युतको लाइन काट्दा औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहँदा समेत सरकारले समस्यालाई गम्भीर रुपमा लिएर समाधानको पहल गर्नुपर्ने उनीहरुको माग छ ।

डेडिकेटेड र ट्रंक लाइन विद्युत् महसुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगीहरु बीच हुँदै आएको रस्साकस्सी र आ-आफ्नो अडानका कारण पेचिलो बनेको यो विषयलाई न्यायोचित समाधान खोजिनु पर्ने समेत निजी क्षेत्रको माग छ ।

विद्युत् आपूर्ति कटौती गरी उद्योग कलकारखाना बन्द गर्दा सिर्जना हुने थप जटिलतालाई आत्मसात गर्दै हाल उद्योगहरुमा काटिएको बिजुली अविलम्ब जोडिदिन उनीहरुले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?