+
+

माछापुच्छ्रे बैंकद्वारा अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १३:१०

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय सेञ्चुरी युवा क्लबसँगको सहकार्यमा आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी तथा पर्यटकलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा वित्तीय ज्ञान र डिजिटल सेवाका फाइदा तथा जोखिम साथै जोखिम न्यूनीकरणका उपायहरुको बारेमा सहभागीहरुलाई जानकारी प्रदान गरिएको थियो ।

होटल व्यवसायी तथा स्थानीयहरु बीच अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरी नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज मानिने क्यूआर, पीओएस, एनएफसी सेवाको महत्वबारे समेत अवगत गराइएको बैंकले जनाएको छ ।

अन्नपूर्ण आधार शिविर क्षेत्रमा ५० भन्दा बढी होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?