+
+

‘नयाँ कलाकार लिएर फिल्म बनाउँदा हलले प्राथमिकता दिएनन्’

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १२:०४

काठमाडौं । २७ अंकसँग निर्देशक दीपक श्रेष्ठको अर्थपूर्ण लगाव छ । उनको आगामी फिल्म ‘पर्खिबसें तिमीलाई’ पुस २७ गते रिलिज हुँदैछ । यो फिल्म उनी निर्देशित २७ औं फिल्म समेत हो ।

यो संयोगबीच उनी रोमान्टिक जनराको फिल्म रिलिज गर्दैछन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक, निर्माता, कलाकार, संगीतकर्मी र वितरकले फिल्मबारे चर्चा गरे ।

माघे संक्रान्ति लक्षित फिल्मबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यु गर्दैछन् । निर्माता राजाराम बुढाथोकी, संगीतकार महेश खड्का, गीतकार डा. कृष्णहरि बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठले पनि फिल्म किन दर्शनीय छ भन्ने जानकारी गराए ।

निर्देशक श्रेष्ठले नयाँ कलाकारलाई लिएर फिल्म बनाउँदा बटुलेको अनुभव सुखद् नभएको बताए । ‘नयाँलाई अवसर दिंदैनन् भनिन्छ, अवसर दिंदा हलदेखि विभिन्न स्थानमा संघर्ष गर्नुपर्ने हुन्छ । यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुस गरेको छु,’ उनले भने ।

उनले प्रेम बुझ्न र सन्तान बुझ्न पनि फिल्म हेर्नुपर्ने बताए । ‘मेरो पुस्ताले प्रेम बुझ्न र अग्रजले आफ्नो सन्तान बुझ्न हेर्नुपर्ने फिल्म हो,’ उनले भने । उनले मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राको अनुभव साटे । नाटकको पृष्ठभूमिबाट फिल्ममा आएका उनले १३ नाटकमा अभिनय गरेका छन् ।

डेब्यु अभिनेता श्रेष्ठले नयाँ कलाकारलाई हौसलाको कमी भएको बताए । ‘मैले पाएको भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेको छैन । म यसमा पठाओ चालकको भूमिकामा छु । त्यही क्रममा एक दिन आभा अर्थात् रक्षासँग भेट हुन्छ । त्यही भेटघाटले महसुस गराउने प्रेम र त्यसमा आउने उतारचढावमा फिल्म केन्द्रित छ,’ कथाबारे उनले भने ।

रक्षाले चाहिं अभिनयका हिसाबले यो फिल्म दोस्रो भए पनि मुख्य रोलमा खेलेको पहिलो भएको बताइन् । ‘मैले फिल्ममा आफ्नै उमेर समूहकी युवतीको भूमिका निर्वाह गरेकी छु । सम्पन्न परिवारको सरल युवतीको भूमिका छ । जसले माया खोज्छे तर पाउँदिन । आकाशसँगको प्रेम नै फिल्मको कथासार हो । त्यसमा आउने उतारचढावले हाम्रो पुस्तालाई मायाको बारेमा स्पष्ट बनाउँछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

फिल्ममा कोमल गुरुङको सहनिर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजीत बास्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको रङ संयोजन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन छ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाऊ है मैया’को रिमेक छ । फिल्म ‘बादलपारि’मा समावेश सुरेन्द्र रानाको शब्द र शम्भुजीत बास्कोटाको संगीत रहेको उक्त गीत रिमेक भर्सनमा प्रमोद खरेल र मिलन नेवारको स्वर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?