+
+

दिपेश कँडेललाई बीएमडब्ल्यू कन्सल्टेन्सीको प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १३:५०

२२ पुस, काठमाडौं । नेपाली यू–१९ टिमका स्पिन अलराउन्डर दिपेश कँडेललाई बीएमडब्ल्यू एजुकेशन कन्सल्टेन्सीले प्रायोजन गरेको छ ।

अस्ट्रेलियाको तास्मानियामा रहेको यस कन्सल्टेन्सीले १ वर्षसम्मको लागि दिपेशलाई ब्याट र ग्लोब्स् प्रायोजन गरेको हो ।

कन्सल्टेन्सीले उनलाई भविष्यमा ब्रान्ड एम्बेस्डरको रुपमा समेत सम्झौता गर्ने योजना सहित उनलाई ब्याट र ग्लोब्स्को प्रायोजन गरेको छ ।

उनले टिममा गर्दै आएको प्रदर्शनका अधारमा उनलाई कन्सल्टेन्सीले प्रायोजन गरेको हो ।

दिपेशलाई खेलमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले कन्सल्टेन्सीले उनलाई प्रायोजन गरेको कन्सल्टेन्सीका एड्मिन अफिसर मनिरत्न कुमार शाहले बताएका हुन् ।

‘हामीले उनलाई खेलमा लाग्न प्रोत्साहन र सहज होस् भन्ने हेतुले उनलाई १ वर्षको लागि ब्याट र ग्लोब्स्को प्रायोजन गरेका हौं । हामीले भविष्यमा उनलाई ब्रान्ड एम्बेस्डर बनाउने योजना समेत राखेका छौं ।’ दिपेश यू–१९ विश्वकपका लागि टिमसँगै दक्षिण अफ्रिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?