+
+

बाँकेमा जिल्लास्तरीय मेयर कप फुटबल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १०:४९

२३ पुस, नेपालगन्ज । जिल्लास्तरीय मेयर कप छात्र-छात्रा फुटबल प्रतियोगिता-२०८० को तयारी तीव्र बनाइएको छ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नको लागि आइतबार विभिन्न उप-समिति गठन गरिएको छ ।

प्रतियोगितालाई भव्यरुपमा सफल बनाउन उप-समितिको भूमिका महत्वपूर्ण रहने बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक निर्मल चन्दले बताए ।

नेपालगन्जमा आगामी माघ ६ देखि १४ गते सम्म हुने प्रतियोगिताको लागि गठन गरिएको उप-समितिअन्तर्गत सचिवालय संयोजकमा कमल खत्री, सदस्यमा घनश्याम थापा, प्राविधिक संयोजकमा प्रशिक्षक सानु तामाङ, सदस्यमा रवीन्द्रकुमार श्रेष्ठ, दिपु राना, प्रचारप्रसार संयोजकमा अनिल केसी, सदस्यमा जी. थापा, कुमार श्रेष्ठ, सौरभ रानालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी पालिकास्तरमा समन्वय गर्नको लागि खजुरा गाउँपालिका संयोजकमा टोपेन्द्र खत्री संयोजक, सदस्यमा हरिप्रकाश विक, छविलाल विष्ट र भागवीर सुनार रहेका छन् ।

नेपालगन्ज उप–महानगरपालिका र जानकी गाउँपालिका संयोजकमा भीमजंग शाह, सदस्यमा भद्र सिंह थापा, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका संयोजकमा युवराज शाही, सदस्यहरुमा भोज बहादुर शाही र सिद्धार्थ खत्री रहेका छन् ।

डुडुवा, राप्तीसोनारी र नरैनापुर समन्वय उप–समितिमा पल सिंह खत्री संयोजक, सदस्यमा शंकर परियार, खड्क खत्री, कमल केसी रहेका छन् ।

प्रतियोगिताको समारोह उप–समिति संयोजकमा ओम प्रकाश केसी, सदस्यमा बासु भण्डारी, नागिन श्रेष्ठ रहेका छन् । अनुशासन उप-समिति संयोजकमा गोवद्र्धन सिंह सम्झना, सदस्यमा गोविन्द्र प्रसाद श्रेष्ठ, निजामुद्दिन सिद्धिकीलाई जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य उप–समिति संयोजकमा दिपेन्द्र घले, सदस्यहरुमा तरिन्द्रबहादुर थापा, इन्द्र बहादुर राना रहेका छन् ।

प्रतियोगिता माघ ६ देखि १४ गते सम्म नेपालगन्जमा हुनेछ । बाँके जिल्लामा रहेका ८ वटा स्थानीय तहमा रहेका विद्यालयहरुको छात्र-छात्रा टिमहरुले सहभागिता जनाउने प्रतियोगिता आयोजना गर्न नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

प्रतियोगितामा करिब ४० विद्यालयहरुको सहभागिता रहने प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला फुटबल संघका उपाध्यक्ष निर्मल चन्दले बताए ।

बाँके जिल्ला फुटलल संघले विगतका वर्षमा मेयर कप जिल्लास्तरीय छात्र–छात्रा प्रतियोगिता आयोजना गदै आएको थियो । कोभिड–१९ का कारण दुई वर्ष प्रतियोगिता हुन सकेको थिएन् ।

माघको ६ गतेबाट सुरु हुने प्रतियोगिताले विद्यालय स्तरबाट फुटबल खेलाडी उत्पादनमा सहयोग गर्ने अखिल नेपाल फुटलब संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल ट्रेनिङ सेन्टरमा प्रतियोगिताका खेलहरु हुनेछ । प्रतियोगिताको विजेता टिमले २१ हजार, उपविजेताले ११ हजार र सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने संघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?