+
+

सुर्खेत र नेपालगञ्जमा मिस नेपाल २०२४ को अडिसन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १७:५८

काठमाडौं । सुर्खेत र नेपालगञ्जमा मिस नेपाल २०२४ को क्षेत्रीय अडिसन सम्पन्न भएका छन् । द हिडन ट्रेजरका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ११ र नेपालगञ्जमा ७ जनाले अडिसन दिएका छन् ।

यी दुई अडिसनमा मिस नेपाल सृच्छा प्रधानसहित मिस नेपाल सुप्रान्यासनल २०२० सिमल कनौजिया र संस्थाका अफिसियल फोटोग्राफर राजभाइ सुवाल जजको रुपमा थिए ।

दुई दर्जनले आवेदन दिएपनि अडिसनका लागि ११ जना मात्र योग्य रहेको सुवालले बताए । तीन वर्षयता सुर्खेतमा लगातार अडिसन भइरहेको छ । यस वर्ष भरतपुर र पोखरामा अडिसन सम्पन्न भइसकेको छ ।

आइतबार वीरगञ्जको होटल विशुवामा अडिसन हुँदैछ । ५ मेमा बिर्तामोड, ७ मेमा इटहरी र १२ मेमा भैरहवामा हुँदैछ । अन्तिम अडिसन मे १८ मा काठमाडौंमा हुनेछ ।

अहिले आवेदन चलिरहेको छ । १४ मे (जेठ १ गते)सम्म इच्छुक युवतीले आवेदन दिन सक्ने जनाइएको छ । अडिसनबाट छनोट भएकाले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन् । आगामी अगस्ट ३ मा गोदावरीको सनराइज कन्भेसन सेन्टरमा फिनाले आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?