+
+

मेरिल्याण्डको कन्सर्टमा पुगेका अमेरिकी राजदूतले गरे सज्जनराज वैद्यको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १२:२६

काठमाडौं । गायक सज्जनराज वैद्यको लोकप्रियता स्वदेशमा मात्र सीमित छैन । डायस्पोरामा उनको क्रेज लोभलाग्दो छ । यतिबेला उनी अमेरिका टुरमा निस्किएका छन् ।

उनी सन् २०२३ मा स्पोटीफाइमा नेपालभित्र सबैभन्दा धेरै सुनिने नेपाली गायक बने । अघिल्लो वर्ष पनि उनी शीर्षस्थानमै थिए । सन् २०२३ मा वैद्यलाई स्पोटीफाइमा ३ करोड ७८ लाख पटक सुनिएको तथ्यांक छ ।

तर यतिबेला हामी उनको अमेरिका टुरको कुरा गरिरहेका छौं । नेपाली समयानुसार आइतबार बेलुका वैद्यले मेरिल्याण्डमा भव्य सांगीतिक प्रस्तुति दिए । भिडियो र तस्वीर हेर्दा उनको डायस्पोरा क्रेज गज्जबको देखिन्छ । नेपाली समुदाय मात्र होइन, उनलाई सुन्न अमेरिकी कूटनीतिज्ञ पनि त्यहाँ पुगे ।

नेपालका लागि अमेरिकी राजदूत डीआर थोम्पसन पत्नीसहित कन्सर्टमा सहभागी थिए । राजदूत थोम्पसनले भिडियो र तस्वीर सेयर गर्दै कन्सर्टको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले यसलाई उल्लेखनीय कन्सर्टको रुपमा व्याख्या गरेका छन् ।

विदेशी कूटनीतिज्ञले नेपाली कलाकारको सार्वजनिक कन्सर्टमा सहभागी हुनु दुर्लभ कुरा हो ।

थोम्पसन लेख्छन्, ‘सज्जनराज वैद्यको अमेरिकामा भएको उल्लेखनीय कन्सर्टमा सहभागी दर्शकसँग कुराकानी गर्न पाउँदा खुसी लाग्यो । मेरिल्याण्डमा नेपाली संगीत बजाइँदै र मनाइँदै सुन्नु भनेको समृद्ध, बहुसांस्कृतिक परम्पराले अमेरिकालाई महान् बनाउँछ भन्ने कुराको प्रमाण हो । यो सांस्कृतिक आदानप्रदानले हाम्रो विश्वव्यापी समुदायको अन्तरसम्बन्धको सुन्दर आयामको रूपमा पनि काम गर्छ र हाम्रा दुई राष्ट्रबीचको स्थायी मित्रताको अर्को महत्वपूर्ण पक्षलाई झल्काउँछ ।’

राजदूत दम्पतीको सेल्फी हेर्दा उनीहरुले कन्सर्टको मजा लिएको जस्तो देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?