+
+

जनताको अवस्था सुधार्दै व्यवस्थाको रक्षा गर्छौंः नेता पुन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १६:१५

२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रममा सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरूको चुनौती स्वीकार गर्न तयार रहेको बताए ।  उनले भने, ‘हामी कोसिस गर्दा गर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्छन् ।’

गणतन्त्रसहित उपलब्धीहरुमाथि निरंकुशतावादीहरूका तर्फबाट प्रश्न उठाउन थालिएको उल्लेख गर्दै उनले भने, ‘यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, हामी माओवादीहरुमाथिको पनि प्रश्न हो ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरूले दिने पनि बताए ।

उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए । ‘अब हामी जनताको मन जितेर कार्यकर्ता र कार्यकर्ताको मन जितेर नेता हुने प्रणाली संस्थागत गर्न खोज्दैछौं’, पुनले भने, ‘यसले नेतृत्वमा युवाहरु आउनुपर्ने भन्ने भन्ने आवाजको पनि सम्बोधन गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?