+
+

नेपाल उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच सहकार्य गर्ने समझदारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १७:०७

२३ पुस, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इण्डियन चेम्बर अफ कमर्स (आईसीसी) बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने सम्बन्धी दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो ।

नेपाल उद्योग परिसंघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरे ।

साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लेटफर्म प्रदान गर्ने बताइएको छ ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुने समेत सीएनआईले जनाएको छ ।

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत्, सूचना प्रविधि लगायत क्षेत्रमा लगानीको अवसर रहेको भन्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे ।

इण्डियन चेम्बर अफ कमर्सका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्व दिंदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए ।

पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनको भनाइ थियो ।

परिसंघका उपाध्यक्ष निर्माण चौधरीले क्षेत्रीय व्यावसायिक विकासमा यूएसीको महत्वबारे प्रकाश पारे ।

उनले यूएसीले एसियन राष्ट्र बीचमा आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

परिसंघका उपाध्यक्ष अमित मोरले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई सुदृढ गर्ने र क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्न यो सहकार्य सहयोगी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?