+
+

इजरायल र लेबननको सीमामा हुनसक्छ अर्को युद्ध

रोश हनिक्रा रोश हनिक्रा
२०८० पुष २३ गते १८:२५

चम्किला चट्टानका गुफामा परेका न्यानो घामका किरण र त्यहाँबाट देखिन भूमध्ये सागरका दृश्य निकै रमणीय छन् । इजरायल र लेबनानको सीमामा रहेका गुफाबाट देखिने भूमध्ये सागरको दृश्य जति शान्त छ त्यसको विपरीत त्यहाँ युद्धको खतरा लुकेको छ ।

किनार नजिकै नौसेना हातहतियार सहित तैनाथ छन् । मध्यपूर्वको प्रख्यात पर्यटकीय गन्तव्य अहिले सेना र बख्तरबन्द गाडीले भरिएका छन् ।

दुश्मनका गतिविधि निगरानीका साथै सम्भावित खतरा टार्नका निम्ति सीमा क्षेत्रको जंगलमा इजरायली रक्षा बल (आईडीएफ ) तैनाथ छ । उनीहरु ७ अक्टोबर देखिनै त्यहाँ छन् ।

प्राकृतिक रुपमा शान्त र मनोरम देखिने त्यस इलाकामा भीषण युद्धको सम्भावना छ । इजरायल र इरान समर्थित लेबनानको शसस्त्र समुह हिज्जबुल्लाहबीच युद्धको सम्भावना बढेको हो ।

हिज्बुल्लाहको बलियो पकड भएको बेरुतमा इजरायलको ड्रोन हमलाबाट हमासका वरिष्ठ नेता सलेह-अल अरोउरी सहित अन्य कमाण्डर मारिएसँगै युद्धको संकट निम्तिन लागेको हो ।

इजरायली ड्रोनको यो हमलासँगै हिज्बुल्लाहले चेतावनी दिएको । ‘यो हत्याको दण्ड हामी दिनेनै छौं, हाम्रा औंलाहरु बन्दुकका ट्रिगरमा छन्,’ चेतावनीबारे द इकोनोमिस्टले लेखको छ ।

यस हमला अगावै युरोपेली अधिकारीहरुले हिज्बुल्लाह र इजरायलबीच छिट्टै युद्ध हुने संकेत गरेका थिए । इजरायल ड्रोनको आक्रमण भएसँगै इरानमा १०० जनाको ज्यान जानेगरी हमला भयो । यो घटनामा अमेरिका र इजरायल दोषी रहेको इरानले बताएको छ ।

हमासको हमलापछि सम्पूर्ण शक्ति प्यालेस्टाइनतर्फ तैनाथ हुँदा हमासको बलियो सहयोगी हिज्जबुल्लाहबाट इजरायलमा हमला हुनसक्ने चुनौतीका कारण इजरायली सेना उत्तरी इलाकामा बाक्लो रुपमा परिचालित थिए ।

इजरायलका रक्षा मन्त्री योएभ जलान्ट हिज्बुल्लाहमाथि हमला गर्नुपर्ने पक्षमा थिए । अक्टोबर ११ मा व्यावहारिक र सन्तुलित नेता बेनी जन्ट सरकारमा आएसँगै यो योजनाबाट इजरायल पछि हटेको थियो ।

इजरायललाई समर्थन गर्दै आएको अमेरिकाले पनि हिज्बुल्लाहलाई हमला नगर्न भन्यो  र लेबननको सीमा क्षेत्रमा हवाइ सेना पठायो । १८ अक्टोबरमा इजरायल पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले हिज्बुल्लाह सहित अन्यलाई चेतावनी दिँदै भनेका थिए, ‘इजरालयमाथि कुनै पनि राज्य वा सशस्त्र समुहले हमला नचिताए हुन्छ ।’

हिज्बुल्लाहले इजरायल केन्द्रित क्षेप्यास्त्र हानिरहेको छ । हिज्बुल्लाह र इजरायल दुबैले अहिले सीमा क्षेत्रमा हमला गरिरहेका छन् ।

हिज्बुल्लाह र इजरायलको आमने सामने निकै पुरानो हो । हिज्बुल्लाह र इजरायलको गतिविधि सुरु भएसँगै लेबनान सीमाका धेरैले  त्यस इलाका छोडिसेका छन् ।

इजरायलको स्लोमी र क्रियत सोमना भुतको शहरझैँ भइसके । अक्टोबरदेखि हालसम्म त्यसक्षेत्रमा हिज्बुल्लाहले १४६ लडाकु र इजरायलले १५ सेना गुमाएको छ । लेबनानका ३ पत्रकारले पनि ज्यान गुमाएका छन् ।

सन् २००६ मा हिज्बुल्लाहले सीमा पारिनै पुगेर इजरायली सेनाको गस्ती टोलीमाथि हमला गरेको थियो । हिज्बुल्लाहले इजरायली ५ सैनिकको ज्यान लियो । यसलगत्तै इजरायली सेनाले लेबननमा स्थल अपरेशन चलायो । त्यसमा हिज्बुल्लाहलाई खासै असर परेन । लेबननका निहत्था नागरिक र संरचना भने ध्वस्त भए ।

हिज्बुल्लाहले आफूलाई प्रतिरोधीका रुपमा व्याख्या गर्छ । उसले १ लाख ५० हजार युनिट क्षेप्यास्त्र बनाइसकेको छ । यी मध्ये केही सय त इजरायलको जुनसुकै कुनामा हमलाका लागि सक्षम छ । आफूसँग एक लाख लडाकु रहेको उसको दाबी छ ।

इजरायललाई युद्ध अन्त्यका निम्ति चौतर्फी दबाब छ । यद्यपि हमासको हमलापछि वरिष्ठ सैन्य अधिकारीहरु भने सीमामै अर्को खतरा लामो समयसम्म राख्न नहुने तर्क गरिरहेका छन् । हिज्बुल्लाहले आफ्नो सैन्य बललाई इजरायलमा हमलाका लागि तालिम दिएकाले उनीहरुलाई निमिट्यान्न पार्नुपर्ने कतिपय सैन्य अधिकारीहरुको जोड छ ।

इजरायली सेनाका प्रवक्ताको भनाइ उद्दृत गर्दै द इकोनोमिस्टले लेखेको छ, ‘हामी अहिले रक्षा पंक्तिमा रहे पनि इजरायल अहिले युद्धमै छ । हाम्रा नागरिकहरु शान्तसँगले घर फर्किन नपाउन्जेलसम्म र हिज्बुल्लाहलाइ सीमा नजिकै रहिरहन दिएसम्म हाम्रो अभियानले सफलता पाउँदैनन् ।’

पश्चिमा अधिकारीहरुका अनुसार गाजामा हमला जारी राखेर इजरायलले दोस्रो मोर्चामा आक्रमण गर्न चाहेको छ । त्यसैले उसले गाजाबाट ठूलो मात्रामा सेना फिर्ता बोलाएको छ । इजरायलीहरु हिज्बुल्लाहविरुद्ध कुनै पनि समयमा आक्रामक हुनसक्छन् ।

यद्यपि यस युद्ध दुबैका निम्ति हितकर भने छैन । इजरायल यसै पनि आलोचित भइरेहछ ।

हिज्बुल्लाहलाई पनि सन् २००६ को गहिरो चोटले अझै त्रस्त बनाइरहन्छ । इजरायलविरुद्ध इरानले आफ्ना निकटहरुलाइ परिचालन गरिरहेको आरोप लागिरहेको छ । सशस्त्र समुहले इजरायल लक्षित गर्दै सरिया र यमनबाट समेत क्षेप्यास्त्र हानेका छन् ।

इराकमा पनि ती समुहले अमेरिकी सेनामाथि हमला गरेका छन् । अर्कोतर्फ रेड सीमा हुथी समुहले अववरोध खडा गरिरहेको छ । हुथीले रेड सीमा आक्रम सुरु गरेसँगै अमेरिकी २००० सेना त्यसतर्फ तैनाथ छन् । यही मौका छोपेर आफूमाथि हिज्बुल्लाहको आक्रमण हुने र त्यसलाई प्रतिरोध गर्न कठिन हुने त्रासमा इजरायल छ ।

मध्यस्थकर्ताहरुले हिज्बुल्लाहलाई सीमा क्षेत्रबाट अझै पर राख्न खोजिरहेका छन् । सन् २००६ को युद्ध अन्त्यका लागि राष्ट्रसंघको प्रस्ताव १७०१ अनुसार हिज्बुल्लाहलाई लिटानी नदीको उत्तरी क्षेत्रमा राख्नेगरी मध्यस्थकर्ताहरुले कुराकानी गरिरहेका हुन् । तर लेबनान र राष्ट्रसंघीय शान्ति सेना दुबैले त्यस प्रस्तावको पालना गराउन सकिरहेका छैनन् ।

इजरायलले हिज्बुल्लाहले हमलाको लक्ष्य राखेकाले सीमा क्षेत्रमा सुरुङ बनाएको आरोप लगाएको छ । सन् २०१८ मा इजरायलले सीमा क्षेत्रमा ६ वटा सुरुङ पत्ता लगाएकोत थियो ।

यस्तै उसले नागरिका घरहरुमा रकेट लन्चर राखेको आरोप इजरायलको छ । राजनीतिक रुपमा त्यहाँ वार्ता गर्न संभव छैन । सन् २०२२ देखि त्यहाँ कामचलाउ सरकार छ ।

सन् २०२२ अक्टोबरमा इजरायल र लेबननले व्यापारका निम्ति सामुन्द्रिक सीमा तय गरेका थिए । दुबै पक्षका नेताहरुले आक्रोश ओकलेपनि व्यवहारिक रुपमा उनीहरु सतर्क भने छन् ।

इजरायलमा लामो समय प्रधानमन्त्री बनेका बिन्यामित नेतान्याहुले सीमा पार आक्रमण नगर्न लामो समय संयमता नै अपनाएका थिए । यस्तै ३ दशकबढी हिज्बुल्लाहका नेता रहेका हसन नसरल्लाह पनि सकभर युद्ध टार्ने मनसायमै छन् ।

– इकोनोमिस्टमा प्रकाशित लेखको भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?