+
+

विशाल ग्रुपले नेपाल पुनर्बीमाको संस्थापक सेयर बेच्दै

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते ९:०७

२४ पुस, काठमाडौं ।  विशाल ग्रुपले नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । लिलाम बढाबढ प्रक्रियाद्वारा सो सेयर बिक्री गर्न लागिएको हो । मंगलबारदेखि इच्छुक अन्य संस्थापकहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सो सेयरमा न्यूनतम मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ ।

बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले एक सूचना जारी गर्दै खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीबाट आवेदन माग गरेको छ । एक लगानीकर्ताले न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । क्यापिटलको कार्यालय थापाथलीमा माघ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

नेपाल पुनर्बीमा कम्पनीमा ४४ प्रतिशत सेयर नेपाल सरकारको छ । बाँकी १६ प्रतिशत सेयर सर्वसाधारणको र अरु विभिन्न बैंक तथा वित्तीय संस्था, बिमा, इन्भेस्टमेन्ट कम्पनी तथा व्यवसायिक ग्रुपको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?