+
+

नेपाल पुनर्बीमा र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ८:५९

१८ फागुन, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ ।

पुनर्बीमा कम्पनीको २० लाख ७३ हजार ४४६ कित्ता र कोषको २ लाख ३९ हजार ३७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । विद्यमान संस्थापकहरुले पुनर्बीमाको सेयरमा प्रतिकित्ता २८० रुपैयाँभन्दा माथि हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । न्यूनतम सबै कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

त्यस्तै कोषको सेयरमा न्यूनतम ७८० रुपैयाँ मूल्य कायम हुनेगरी शिलबन्दी बोलपत्र आवेदन दिनुपर्नेछ । क्यापिटलका अनुसार कोषको सेयरमा न्यूनतम १५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?