+
+

अभ्यास खेलमा स्कटल्यान्डमाथि नेपालको जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते ११:३८

२४ पुस, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटको तयारीका क्रममा स्कटल्याण्डसँग खेलेको अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

दक्षिण अफ्रिकामा सोमबार भएको खेलमा नेपालको यू-१९ टिमले स्कटल्यान्डको यू-१९ टिमलाई १३५ रनको फराकिलो अन्तरले हराएको हो ।

गुल्सन झाको शतकीय पारीमा नेपालले स्कटल्यान्डलाई २८५ रनको लक्ष्य दिएको थियो । नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको थियो ।

गुल्सनले ११५ बलमा ११४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै दिपक बोहरा ५४ बलमा ५८ रनको अर्धशतकीय पारीसहित अविजित रहेका थिए ।

नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमा १४९ रन बनाउँदै अलआउट भयो ।

स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए । नेपालका लागि लेगस्पिनर तिलकराज भण्डारीले सर्वाधिक ३ विकेट लिए । आकाश चन्दले २ विकेट लिए ।

जनवरी १९ बाट फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समुह डीमा छ । यो समूहमा नेपाल लगायत न्यूृजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्ट इन्डिजसँग आधिकारिक वार्मअप खेल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?