+

नेपालबाट विश्वकप र टेस्ट खेल्ने अर्जुनको आशा

२०८० माघ  २८ गते १४:०३ २०८० माघ २८ गते १४:०३
नेपालबाट विश्वकप र टेस्ट खेल्ने अर्जुनको आशा

२८ माघ, काठमाडौं । दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपको पहिलो खेलमा २१ जनवरीमा न्युजिल्याण्डविरुद्ध ९० रन बनाएका अर्जुन कुमाललाई त्यस रात निन्द्रा परेन ।

विश्वकपमा शतक हान्ने पहिलो खेलाडी बन्ने उनको उद्देश्य पूरा हुन पाएको थिएन । ३०३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाएर खेल ६४ रनले हार्‍यो ।

३८.२ ओभरमा एवाल्ड श्रेडरको दोस्रो बलमा शर्ट बल खेल्ले क्रममा अर्जुन थर्डम्यानमा फिल्डर रोबी फाउल्केसबाट क्याच आउट भएपछि शतक हान्ने पहिलो नेपाली खेलाडी बन्नबाट चुकेका थिए । ‘त्यो रात म सुत्न सकिँन । २ बजेसम्म निद्रानै लागेन । शतक किन लागेन भनेर मनमा कुरा खेलिरह्यो’, उनले भने ।

त्यसअघि एसिया कप अन्तर्गत १० डिसेम्बरमा अफगानिस्तानविरुद्धको खेलमा पनि उनी ९१ रन बनाएर आउट भएका थिए । तैपनि विश्वकपमा शतक हान्ने आशा जीवितै राखेका थिए । ‘विश्वकपमा शतक लाग्न सक्थ्यो । यो कुरामा म दुखी छु’, अर्जुनले भने ।

सन् २०१२ को यू–१९ विश्ककपमा नामिबियाविरुद्ध प्रदीप ऐरीले बनाएको ९८ रन नै विश्वकपमा नेपालको उच्च स्कोर हो । विश्वपकको पहिलो खेलपछि अन्य खेलमा भने अर्जुन चल्न सकेनन् । पाकिस्तानसँग ६, अफगानिस्तानसँग १०, बंगलादेशसँग १४ र भारतसँग २६ रन बनाएर आउट भए । यी प्रदर्शनबाट अर्जुन खुशी छैनन् ।

‘शतक लागेपछि छुट्टै गर्व महसुस हुन्छ । आफ्नो मात्रै होइन आमा र बुबाको लागि पनि हुन्थ्यो । नेपालीको लागि’, उनले भने, ‘त्यो खेल भन्दा पनि अन्य खेलको प्रदर्शनमा म दुःखी छु ।’

सन् २०१९ मा १३ वर्षमै उमेर समूहको टिमबाट क्रिकेट खेल्न थालेका अर्जुन कुमालले यू–१६ र यू–१९ मा पनि राम्रो प्रभाव छाडेका छन् । भारतमा जन्मिएका र बाबुआमासँग नयाँदिल्लीमै बाल्यकाल बिताएका अर्जुनको खास घर गुल्मी हो ।

उनका बुबा भारतीय पूर्वक्रिकेटर सचिन तेन्दुलकरको ठूलो फ्यान हुन् र आफ्नो छोरालाई पनि क्रिकेटर बनाउने चाहना थियो । ‘अहिले पनि सचिन सरको भिडियो पठाइराख्नुहुन्छ । सचिन कसरी खेल्छन् उनको ब्याटिङ हेर भन्नुहुन्छ । म पनि सचिनदेखि प्रभावित भएको हुँ । हेर्दाहेर्दै मैले क्रिकेट सिकेँ’, अर्जुनले भने, ‘बुबाले पार्कमा ७–८ बजे पार्क लैजानुहुन्थ्यो । बुबाले बल फाल्ने र मैले ब्याटिङ गर्ने गर्थ्यौं ।’

भारतमा हुँदादेखि नै नेपालको राष्ट्रिय टिमबाट खेल्ने लक्ष्य राखेका अर्जुन नेपालले एक दिन टेस्ट मान्यता पाउने र विश्वकप जित्ने आशा गर्छन् ।

‘नेपालबाट विश्वकप, टेस्ट खेल र इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टी खेल्ने सपना छ । नेपालले एक न एक दिन टेस्ट मान्यता पाउने विश्वास छ । अनि विश्वकप पनि जित्छौं’, अर्जुन भन्छन् ।

अर्जुनसँगको कुराकानी भिडियोमा हेर्नुहोस् :

तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर

अर्जुन कुमाल नेपाल भर्सेस अफगानिस्तान नेपाल भर्सेस न्युजिल्याण्ड यू-१९ विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय