+
+

गायिका ज्योति मगरविरुद्ध ‘भद्दा मजाक’ नगर्न एलिना चौहानको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १३:३५

काठमाडौं । उफ्रिएर नाच्दा स्टेज भासिएर गायिका ज्योति मगर लडेको घटनाको भिडियो यतिबेला सामाजिक संजालमा निकै भाइरल छ । यसलाई लिएर धेरैले ज्योतिलाई मजाक पनि गरिरहेका छन् भने कतिले कमसल स्टेज बनाएको भन्दै आयोजकमाथि आक्रोश पोखेका छन् ।

यस्तोमा, गायिका एलिना चौहानले ज्योति मगरको पक्षमा आफ्नो धारणा राखेकी छन् । उनले ज्योतिलाई भद्दा मजाक र गालीगलौज नगरिदिन आग्रह गरेकी छन् ।

दुर्घटनालाई मजाकको हिस्सा बनाउनु गलत रहेको भन्दै एलिनाले कुनै पनि सांगीतिक कार्यक्रममा दुर्घटना हुन नदिनतर्फ जिम्मेवार र गम्भीर बन्न आयोजकलाई सुझाव समेत दिएकी छन् ।

उनी लेख्छिन् :

मैले पनि भर्खरै भिडियो भाईरल भएपछि थाहा पाएँ । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति दिदिले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केही कमजोरी देखियो र दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो । म एक कलाकार भएको हिसाबले कार्यक्रममा आफू अघिका दर्शकलाई रुझाउन अनि उहाँहरुको ध्यान आफूप्रति खिच्न कति कठिन छ त्यो मैले मजाले महसुस गर्न सक्छु । उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाएँ, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला । सबैलाई ज्योति दिदिको आवाज, प्रस्तुति र ज्योति दिदिनै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाई पनि मनपराउनु हुन्न, हो सबैको आ–आफ्नो संगीत र अभिनयको स्वाद फरक हुन सक्छ त्यसो भन्दैमा ज्योति दिदीलाई मन पराउने दर्शक श्रोताको पनि कमि छैन । यस्ता दुर्घटना नहोस भनि सम्पूर्ण कार्यक्रम आयोजकलाई यी कुराहरुमा अत्यन्तै गम्भिर भई ध्यान पुर्‍याउनुहुन म बिनम्र अनुरोध गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?